धनगढीः नेपाल प्रहरीले धनगढीका दुई स्थानबाट चार लाख भन्दा बढीको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको सूचना अनुसार प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट भन्सार छलिका दुई लाख १२ हजार मुल्य बराबरको जेन्स मोजा र लेडिज मोजा बरामद गरेको हो ।
यस्तै धनगढी–३ नम्बरबाट पनि प्रहरीले एक लाख ९० हजार छ सय मुल्य बराबरको चस्मा र चस्माको ग्लास बरामद गरेको जनाएको छ । बरामद गरेको सामान कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।