Skip to main content

कैलालीको बल्मीमा स्कुल बस दुर्घटना, तीन जना विद्यार्थी घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
स्कुल बस दुर्घटना

धनगढी : कैलालीको गोदावरीमा स्कुल बस दुर्घटनामा तीन जना घाईते भएका छन सोमबार जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको थियो ।

गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना विद्यार्थी सवार थिए । बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए ।

घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन् । बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ । बस सडक किनारमा पल्टिएको छ ।