Skip to main content

कैलालीका देवकोटा बागमती र कञ्चनपुरका जोशी कर्णालीका प्रदेश प्रमुख नियक्त

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीका देवकोटा बागमती र कञ्चनपुरका जोशी कर्णालीका प्रदेश प्रमुख नियक्त


धनगढी : सरकारले सुदूरपश्चिमका दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । कैलालीबाट एमालेका दिपक प्रसाद देवकोटा र कञ्चनपुरबाट काँग्रेसका यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका हुन । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको थियो । कैलालीका दीपकप्रसाद देवकोटा बागमती प्रदेशका प्रदेश प्रमुख नियुक्त भएका छन ।

कर्णालीमा कञ्चनपुरका यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई नियुक्त गरिएको हो ।