Skip to main content

घाईते अवस्थामा फेला परेकी महिलाको शव सेतीको लासघरमा, पहिचान खुलेन

Submitted by editor on
ईबिगुल संवाददाता
महिलाको मृत्यु

धनगढी : बुधबार बेलुकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा अस्पताल नजिकै घाईते अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । उनको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार गेटा मेडिकल कलेजको मुल गेटबाट १५ मिटर भीत्र जाने बाटो नजिकै महिला घाईते अस्थामा फेला परेकी हुन । गेटा अस्पतालका स्वास्थ्यकर्मीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी गेटाको टोलीले उनको उद्धार गरी पदमा अस्पताल अत्तरिया लगेको थियो । 

बेहोस अवस्थामा घाईते भेटिएकी उनको अवस्था चिन्ताजनक रहेकाले पदमा अस्पतालले रेफर गरेपछि उनलाई सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको उपचारका क्रममा बुधबार सवा ८ बजेतिर सेती अस्पतालमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार ती महिलालाई सेती प्रादेशीक अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले ती महिलाको तस्बिर सार्वजनिक गर्दै पहिचान गर्नेले आफन्तहरुलाई खबर गरिदिन आग्रह गरेको छ ।