Skip to main content

आईतबारसम्म सुदूरपश्चिममा नयाँ सरकार आह्वानको तयारी

Submitted by editor on
ईबिगुल संवाददाता
नजीर मीया

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख कार्यालयको विषेश स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका हुन ।

सोडारीको राजीनामा आएपछि प्रदेश प्रमुख मियाले साउन २० गते अथवा आईतबार बेलकी ५ बजेसम्मका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वानको तयारी गरिएको हो । संविधानको धारा १६८(२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन पाउने प्रावधान छ । 

संघमा सत्ता समिकरण परिवर्तत नएसँगै सुदूरपश्चिममा काँग्रेस र एमालेले सरकार बनाउनेछन । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८ र एमालेका ११ गरी २९ प्रदेश सभा सदस्य छन । बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन ।

सरकारमा नागरिक उन्मुक्तिको रेशम पक्ष पनि जाने तयारीमा छन । रेशम पक्षका ५ जना प्रदेश सभा सदस्य छन । अझ स्वतन्त्रले पनि नयाँ बन्ने सरकारलाई समर्थन गरे काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा झण्डै २ तिहाई पुग्ने देखिन्छ ।