Skip to main content

सुदूरपश्चिममा काँग्रेसले टुंगायो मन्त्री, एमालेको केही बेरमा नाम आउने

Submitted by editor on
शिवराज भट्ट
मन्त्रीहरुको टुंगो

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिमको मन्त्रीमण्डलमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली काँग्रेसका बहादुर सिह थापा र मेघराज खडका मन्त्री हुने भएका हुन ।

सहमति अनुसार नेपाली काँग्रेसको भागमा मख्यमन्त्री, आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय परेको छ । थापा र खडकाको मन्त्रालयका बारेमा भने काँग्रेसले अहिले नै बताउन चाहेन । तर स्रोतका अनुसार बहादुर सिह थापालाई आर्थिक मामिला र मेघराज खडकालाई सामाजिक दिने तयारी भएको छ ।

यस्तै एमालेले अझै मन्त्रीहरुको  टुगो लगाई सकेको छैन । नेकपा एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताईएको छ । एमाले स्रोतका अनुसार सुरेन्द्र बहादुर पाल, बीरबहादुर थापा र सन्तोश कुमारी थापा शर्माको नाम जाने सम्भावना देखिएको छ । 

नागरिक उन्मुक्तिको रेशम पक्ष पनि सरकारमा जाने तयारीमा छ । नाउपाले उद्योग पर्यटन वन तथा बतावारण मन्त्रालय मागेको स्रोतले बतायो । एमालेले भौतिक पुर्वाधार, आन्तरिक मामिला तथा कानून र भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिने बताईएको छ । 

तीन जना राज्यमन्त्री बनाउने पनि तयारी भएको छ । काँग्रेसबाट गीता चौधरी, एमालेबाट निर्मला साउदको नाम चर्चामा छ ।