Skip to main content

मुख्यमन्त्री शाह पुरै मन्त्रीमण्डल आजै बनाउने कसरतमा, साढे ३ बजे सपथ

Submitted by editor on
शिवराज भट्ट
साढे ३ बजे हुने

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरुको सपथ आज (सोमबार) दिउसो साढे ३ बजे हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार सपथका लागि सोमबार दिउसो साढे ३ बजेको समय तोकिएको छ ।

यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले सकेसम्म पुरै मन्त्रीमण्डल बनाएर सँगै सपथ लिने योजना बनाएका छन । काँग्रेसले मन्त्रीहरुको टुंगो लगाई सकेको छ । काँग्रेसले सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय लिने समहति भएको छ । उसले कञ्चनपुरबाट प्रदेश सभा सदस्य बहादुर सिह थापा र अछामबाट प्रदेश सभा सदस्य मेघराज खडकालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । 

नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरिरकेको छ । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

एमालेबाट मन्त्रीहरुको नाम आए आजै प्रदेश सरकारको मन्त्रीमण्डल पूर्ण हुनेछ । एमालेको भागमा भौतिक पुर्वाधार, भूमी ब्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला मन्त्रालय परेका छन । तीन मन्त्रालयका लागि उसले आज २ बजेको संसदीय दलको बैठकमा मात्रै टुंगो लगाउने छ । 

एमाले स्रोतका अनुसार बैतडीबाट प्रदेश सभासदस्य सुरेन्द्र बहादुर पाल, कञ्चनपुरबाट प्रदेश सभा सदस्य बीरबहादुर थापा र कैलालीबाट प्रदेश सभा सदस्य सन्तोषकुमारी थापा शर्माको नाम चर्चामा छन ।

पाल र थापा यसअघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए । जेठ २८ गते मन्त्री भएका दुबैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । थापा पनि राजेन्द्र सिह रावल नेतृत्वको सरकार भएका बेला ३० दिनका लागि बिना विभागीय मन्त्री भएकी थिईन ।

काँग्रेसले मन्त्रीमा नयाँ अनुहार ल्याएको हो । यसअघिका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा यसपछि मुख्यमन्त्री हुने सर्तमा मन्त्री बनेनन । मुख्यमन्त्री शाहले मन्त्रालय नबढाएपनि तीन जना राज्यमन्त्री थप्ने योजना बनाएका छन । राज्यमन्त्रीमा काँग्रेसबाट गीता चौधरी, एमालेबाट निर्मला साउदको नाम चर्चामा आएको छ ।