Skip to main content

एमालेबाट मन्त्रीमा पाल, थापा र सार्की, राज्यमन्त्रीमा साउदको सिफारिस

Submitted by editor on
ईबिगुल संवाददाता
सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ

धनगढी : नेकपा एमालेले पनि सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ । आज बसेको संसदीय दलको बैठकले बैतडीबाट प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पाल, कञ्चनपुरबाट प्रदेश सभा सदस्य बीर बहादुर थापा (पातल) र डडेलधुराबाट प्रदेश सभा सदस्य हिरासिह सार्कीको नाम सिफारिस गरेको हो ।

पाल भौतिक पुर्वाधार विकास मन्त्री, थापा भूमी ब्यवस्था तथा सहकारी र सार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुनेछन । यस्तै डोटीबाट प्रदेश सभा सदस्य निर्मला साउद पनि भौतिक पुर्वाधार राज्यमन्त्रीमा सिफारिस भएकी छिन । 

मन्त्रीमा सिफारिस भएका थापा, पाल र सार्की सोडारी नेतृत्वको सरकारमा २४ दिनका लागि मन्त्री भएका थिए । एमालेले समर्थन फिर्ता लिएसँगै उनीहरुले राजीनामा दिएका थिए ।