Skip to main content

सुदूरपश्चिममा मुख्यमन्त्री र ६ मन्त्रीको सपथ, तीन जना बने राज्यमन्त्री (तस्विरहरु)

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह दोस्रोपटक मुख्यमन्त्री भएका छन । शाहसँगै ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले पनि सपथ खाएका छन । 

मुख्यमन्त्री र मन्त्रीहरुलाई प्रदेश प्रमुख नजिर मिया र राज्यमन्त्रीहरुलाइ मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनियताको सपथ खुवाए । 
शाह दोस्रो पटक मुख्यमन्त्री भएका छन । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाललाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेपछि एकजना नाउपााबट पनि मन्त्री भएका छन ।

शाह नेतृत्वको मन्त्रीमण्डलले सोमबार नै पूर्णता पाएको छ । काँग्रेसबाट मेघराज खडका सामाजिक विकास मन्त्री र बहादुर सिह थापा आर्थिक मामिला मन्त्री भएका छन भने एमालेबाट सुरेन्द्र बहादुर पाल भौतिक पुर्वाधार विकास, हिरा सिंह सार्की आन्तरिक मामिला तथा कानून र बीर बहादुर थापा भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री भएका छन । 

यस्तै काँग्रेसबाट प्रकाश बहादुर बम आर्थिक मामिला र सरस्वती खडका सामाजिक विकास राज्यमन्त्री भएका छन भने एमालेबाट निर्मला साउदलाई भौतिक पुर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ । मुख्यमन्त्रीको समथ सँगै सरकारले पूर्णता पाएपछि मुख्यमन्त्री शाह पनि खुसी छन ।

५३ सदस्यीय प्रदेश सदस्य भएको सुदूरपश्चिममा नागरक उन्मुक्ति पनि सरकारमा गएपछि शाहलाई दुुई तिहाई नजिकको बहुमत पुुग्ने देखिन्छ । तर विश्वासको मतको मिति भने तय भईसकेको छैन ।