Skip to main content

सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने पुर्वाधारमन्त्री पालको संकल्प

Submitted by editor on
शिवराज भट्ट
सुरेन्द्र बहादुर पाल

धनगढी : भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने बताएका छन । 

नेकपा एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका पालले पहिलो प्रस्तावका रुपमा सुदूरपश्चिममा सडक गरुयोजनाको नीति बनाउने भन्दै हस्ताक्षर गरेका हुन ।

‘सुदूरपश्चिमको सडक सञ्जालको नीति बनाउने निर्णयमा हस्ताक्षर गरेको छु । मेरो प्रार्थमिकता सुदूरपश्चिमको सडक हुनेछ’ सञ्चारकर्मीहरुसँग उनले भने । 
बैतडी(१) बाट प्रदेश सभा सदस्य पाल यसअघि २४ दिनका लागि आर्थिक मामिलामन्त्री भएका थिए । 

उनले अहिले पुर्वाधारको अवस्थाका बारेमा बुझेर सहि योजनामा लगानी गर्ने बताए । ‘मैले चुनौतीपूर्ण रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, यस चुनौतीलाई अवसरमा बदल्ने मेरो प्रयास रहनेछ’ उनले भने ।