Skip to main content

जनमत संग्रहदेखि नै बहुदलको पक्षधर सार्की प्रदेशको आन्तरिक मामिलामन्त्री

Submitted by editor on
ईबिगुल संवाददाता
हिरासिह सार्की

धनगढी : नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य हिरासिह सार्की प्रदेशको आन्तरिक मामिला मन्त्री भएका छन । सोमबार सपथ खाएका उनले पदभार पनि ग्रहण गरिसकेका छन । 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा बासोबास भएका सार्की २०३६ साल देखि नै बहुदलको पक्षमा थिए । बुवा हरिकृष्ण सार्की र आमा लक्ष्मीदेबीका कोखबाट २०१२ सालमा २०३९ सालमा भिमदत्त नगरपालिका वडा नं. ४ बाट बडा सदस्यमा निर्वाचित भई २०३९ साल अषाढ २ गते भएको निर्वाचनमा जिल्ला पंञ्चायतको उपसभापती लडे ।

२०४७ देखि २०४९ साल सम्म नेकपा मानन्धर समुहमा संगठित सदस्य भई वार्ड कमिटि हुदै जिल्ला कमिटीमा काम गरे । उनले २०४९ सालमा नेकपा 
(एमाले) र मानन्धर समुह एकिकरण भएपछि पनि उनले विभिन्न कमिटिहरुमा रहेर काम गरे ।

२०५१ सालदेखि २०६९ जिल्ला कमिटी सदस्य, २०७० देखी २०७२ सम्म प्र्रतिनिधि परिषद सदस्य,  २०७३ सालपछि  प्रदेश कमिटि भए । २०७८ असोज देखी हाल सम्म नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्यमा रहि काम गरिरहेका छन । 

२०५५ सालदेखि २०६६ सम्म नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय कमिटी सचिवालय सदस्य र सुदुरपश्चिम इन्चार्ज भई काम गरिसकेका छन । उनी २०६२÷०६३ को जनआन्दोलनका घाईते हुन । उनको ढाडमा गहिरो चोट लागेको थियो ।