Skip to main content

सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन अन्त्य, कर संकलनका लागि अध्यादेशको तयारी

Submitted by editor on
बजेट अधिवेशन अन्त्य भएको चार दिनपछि अवथा साउन ८ गते प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाको विषेश अधिवेशन बोलाएका थिए ।
ईबिगुल संवाददाता
भीम बहादुर भण्डारी

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विषेश अधिवेशन अन्त्य भएको छ । निबर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले संसदको बजेट अधिवेशन अचानक अन्त्य गर्न लगाएपछि काँग्रेस एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेका थिए । 

बजेट अधिवेशन अन्त्य भएको चार दिनपछि अवथा साउन ८ गते प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाको विषेश अधिवेशन बोलाएका थिए । प्रदेश सभाको विषेश अधिवेशनमा प्रदेशमा आएको बाढी पहिरो र प्राकतिक प्रकोपका बारेमा छलफल भएको थियो । 

बुधबारको बैठकले असारमा आएको बाढी पहिरो पडितलाई तत्काल राहत र क्षतीपूर्ती दिनका लागि सरकारलाई निर्देशन दिने प्रस्ताव पारित गरेको छ । विषेश अधिवेशनको कारवाही सकिएको भन्दै सभामुख भीम बहादुर भण्डारीले बुधबार प्रदेश प्रमुखलाई जानकारी पत्र पठाउन प्रदेश सभा सचिवलाई निर्देशन दिदै बैठक अन्त्य गरेका हुन ।

बैठकमा एमालेका तर्फबाट सांसद धर्मराज पाठक, सन्तोश कुमारी थापा शर्मा, दमन भण्डारी, कांग्रेसका तर्फबाट प्रमुख सचेतक बिक्रम धामी र बेल बहादुर राना,  समाजवादीका प्रकाश बहादुर रावल, राप्रपाकी खीमादेबी विष्ट, लगायतले विपद्मा परेका प्रदेशबासीहरुलाई तत्काल राहत र उनीहरुलाई सुरक्षित आवास व्यवस्थापनको प्रबन्ध मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । 

विषेश अधिवेशन अन्त्य भएसँगै सरकारले अध्यादेश मार्फत कर संकलन सम्बन्धी कानून ल्याउने तयारी गरेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर अध्यादेश २०८१ मन्त्रीपरिषदमा पेश गरिसकेको छ ।