Skip to main content

दुर्घटनामा परेका बोहरा परिवारलाई भौतिक पुर्वाधारमन्त्री पालको २ लाख सहयोग

Submitted by editor on
शिवराज भट्ट
   आर्थिक अवस्था कमजोर रहेका तर ऋण सापटी

धनगढी : मोटरसाईकल दुर्घटना परि गम्भिर घाईते भएका बैतडीको डिलासैनी गाउपालिका २ का राजेन्द्र बोहराको परिवारलाई भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले २ लाख आर्थिक सहयोग गरेका छन । 

आर्थिक अवस्था कमजोर रहेका तर ऋण सापटी गरी १५ लाख उपचारमा खर्च गरिसकेका बोहराका परिवारलाई मन्त्री पालले सहयोग गरेका हुन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा स्थित घाईते बोहराको घरमै गएर मन्त्री पालले घाईते बोहराका बुवा नन्दे बोहरालाई २ लाख नगद हस्तान्तरण गरे ।

२०८१ सालको जेठ १३ गते बोहरा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ३ मा मोटरसाईकल दुर्घटनामा परेका थिए । मदिरा सेवन गरि मोटरसाईकल चलाईरहेका शैल्यशिखर नगरपालिका दार्चलाका दमन खडायतको मोटरसाईकलमा पछाडि बसेका उनी दुर्घटनामा गम्भिर घाईते भएका थिए ।

परिवारका सदस्यहरुले खडायतले बोहराको झोलमा रहेका ४० हजार रकम लैजानका लागि जानीजानी दुर्घटना गरेको आरोप लगाएका छन । उनीहरुले बोहराले अहिले उपचारमा पनि सहयोग नगरिरहेको र सम्पर्कमै आउन नखोजेको आरोप लगाएका छन । 

उनको ढाडमा गम्भिर चोट लागेको छ भने उनी दुर्घटनाका बेला देखि नै अचेत अवस्थामा छन । दुर्घटना भएका बेला गोकुलेश्वर अस्पताल, धनगढीको निसर्ग अस्पताल, सेती प्रादेशीक अस्पताल र भारतको बरेलीमा रहेको भोजीपुरा मेडिकल कलेजमा उपचार गराई सकेका बोहराका परिवार अब ऋण समेत नपाउन थालेपछि घाईतेलाई लिएर गेटामा बसिरहेका छन ।

बोहराको आर्थिक अवस्था कमजोर रहेकाले आफुले सहयोग गरेको मन्त्री पालले बताए । ‘मेरे पालिकाको भाई हुन, धेरै रकम खर्च गरिसकेका रहेछन, अवस्था कमजोर थियो, त्यसैले आफुनो ब्यक्तिगत रकम सहयोग गरेको हुँ’ गेटास्थित बोहराको घर पुुगेका पालले भने ।

घाईते बोहराका दुुई छोरी, एक छोरा र श्रीमती छन । घाईते बोहराका बुवा नन्दे बोहराले उपचारमा खडायतले थोरै रकम दिएपछि सम्पर्कविहीन भएको बताए । ‘दुर्घटना भएपछि केही दिन मात्रै छोराको उपचार गरायो, त्यसपछि उ सम्पर्कमा छैन । म सँग वावर छ भन्दै हामीलाई गालि बेइज्जत गर्छ, हामीले न्याय पाएनौ, खडायतबाट उपचार गराएर न्याय दिलाई दिनुप¥यो’ घरमै पुगेका भौतिक पुर्वाधार विकासमन्त्री पाललाई उनले ।
परिवारका सदस्यहरुले बोहराको उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन ।