Skip to main content

सेयर बजारमा सामान्य 'करेक्सन' , कारोबार रकम ४ अर्ब ७४ करोड

Submitted by editor on
ईबिगुल संवाददाता
आज नेप्से परिसूचक २।९४ अंकले घटेर २०९१।३९ विन्दुमा

काठमाडौं स् अघिल्लो दिन उच्च अंकले वृद्धि भएको सेयर बजार आज सामान्य अंकले ओरालो लाग्यो।  आज नेप्से परिसूचक २।९४ अंकले घटेर २०९१।३९ विन्दुमा अडिएको छ।

आइतबार नेप्से परिसूचक ५२।२६ अंकले बढेर २०९४।३३ विन्दुमा पुगेर बन्द भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।  २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ४ अर्ब  ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँमा सेयर खरिदबिक्री भयो।

आइतबार २८० कम्पनीको  १ करोड २० लाख ९५ हजार ९६६  कित्ता सेयर ४ अर्ब ८६  करोड ९१ लाख ८४ हजार १६  रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज ६ बढी कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। २९ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार गरी  शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो।

यस्तै नेपाल दूरसञ्चार कम्पनी १८ करोड र सोल्टी होटलको १७ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य घट्यो भने ५ को मात्रै बढ्यो।

डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट,म्युचुअल फण्ड र अदर्श उपसमूहको सूचक उकालो लाग्दा बाँकी ८ को सूचक घटेको हो।

यसदिन १४२ कम्पनीको मूल्य घट्दा ८० को मात्रै मूल्य बढ्यो।