Skip to main content

बझाङको बुँगलमा पहिरोमा परि चारजनाको मृत्यु, पाँच जनाको जिवितै उद्धार

Submitted by editor on
ईबिगुल संवाददाता
एकै परिवारका चार जनाको मृत्यु

बझाङ : बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्युभएको हो ।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान आज विहान चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो । पहिरोले घर क्षतविक्षत बनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।

गाउँमा एक्लै रहेको बिरा धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा परि मृत्युहुने बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी हुन ।