Skip to main content

कैलालीका सुरक्षाधिकारी बाढी प्रभाविन क्षेत्रमा, ८६९ घर डुबानमा

Submitted by editor on
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कैलारी गाउपालिकाका ४५४ घरहरु डुबानमा परेको र भजनी नगरपालिकाका ४१५ घरहरु डुबानमा परेको बताए ।
शिवराज भट्ट
जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलाली दुई स्थानीय तहका ८ सय ६९ घरहरु डुबानमा परेका छन । डुवानग्रस्त क्षेत्रको निरिक्षणमा रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कैलारी गाउपालिकाका ४५४ घरहरु डुबानमा परेको र भजनी नगरपालिकाका ४१५ घरहरु डुबानमा परेको बताए ।

‘अविरल वर्षाले प्रायजसो सबै घरमा पानी पसेको छ तर बढी डुबानमा परेका घरधुरी संख्या ८६९ रहेको छ । खानेपानीका नल्का डुबेका स्थानमा पानीको ब्यवस्थापनमा लागेका छौं । कैलारी गाउपालिकाका १५÷१६ परिवार बाहेक विस्थापित कोही पनि भएका छैनन’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने ।

प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारीहरुको टोली विहीबार विहानै देखि कैलारी गाउपालिकाको डुबानग्रस्त क्षेत्र हुदै भजनी पुगेको छ । ‘हुलाकी राजमार्ग आसपासका अधिकांस घरमा पानी जमेको छ । उनीहरु आफ्नै घरमा छन । बाहिर निकाल्ने प्रयास गरेपनि स्थानीयले आउन मानिरहेका छैनन । विहान देखि पानीको सतह घटिरहेकाले पनि स्थानीयले बाहिर आउन नमानेका होलान’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने ।

कैलारी गाउपालिकाको मनिकापुर र बन्दरगौडीका १६ परिवार विस्थापित भएका छन । उनीहरुलाई वडा कार्यालयको उचोस्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

भजनी र कैलारी सँगै जानकी गाउपालिका, जोशीपुर गाउपालिका, घोडाघोडी र गौरीगगा नगरपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् ।