Skip to main content

तनहुँ बस दुर्घटना : शव लिन भारतीय सेनाको जहाज चितवनमा

Submitted by editor on
ईबिगुल संवाददाता
भारतीय सेनाको जहाज

काठमाडौँ : तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ । मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज चितवनको भरतपुर विमानस्थलमा अवतरण भएको हो । अब केहीबेरमा शव पठाइने भएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस दुर्घटनामा मृत्यु भएकाको भरतपुर अस्पतालमा शव परीक्षण गरिएको छ । अस्पतालबाट अहिले शव भरतपुर विमानस्थलबाट लैजानेक्रममा रहेको छ । 

पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस र्मस्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।