Skip to main content

परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडी राखेको संकास्पद बस्तु निस्कृय

Submitted by editor on
ईबिगुल संवाददाता
बम डिस्पोजल टोलीले निस्कृय पारेको छ

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको परराष्ट्रमन्त्री आरजु देउवाको घर अगाडि राखिएको संकास्पद बस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।

शनिबार राती ड्युटीमा रहेको प्रहरीले देउवाको निवासको बाहिरपट्टीको सडकमा कालो झोलामा तार देखिने गरि संकास्पद बस्तु राखिएको देखेको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली एकाविहानै घटनास्थल पुगेको थियो । 

केही बेर अघि गरिएको डिस्पोजलमा ईलेक्ट्रीक केतली भीत्र बालुवा हालेको र त्यो बालुवाभीत्र पनि सानो टिफीनको बक्सा जस्तो देखिने बस्तु राखिएको फेला परेको हो ।

नेपाली सेनाको टोलीले उक्त बस्तु निस्कृय पारेको छ । त्यसमा विस्फोटक रहे नरहेको फरन्सीक परिक्षण पछि मात्रै थाहा पाईने प्रहरीले जनाएको छ । 

देउवाको उक्त घर, सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका थिए ।