Skip to main content

परराष्ट्रमन्त्री देउवाद्वारा धनगढी वडा नम्बर ४ को कार्यालय उद्घाटन (तस्विरहरु)

Submitted by editor on
ईबिगुल संवाददाता
आरजु राणा देउवा

धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको उद्घाटन गरेकी छिन । सिलालेख अनावरण र रिवन काटेर मन्त्री देउवाले वडा कार्यालयको उद्घाटन गरेकी हुन ।

आरजु राणा देउवाको घर पनि वडा नम्बर ४ मै पर्छ । वडा अध्यक्ष बुद्धी बहादुर खडकाको अध्यक्षामा भएको कार्यक्रममा स्वागत वडा सदस्य माया भण्डारीले गरेकी थिईन । वडा कार्यालयको उद्घाटन गर्दै देउवाले सरकारी संरचनाहरुको विकास हुनुनै देश विकास भएकाले आफुलाई खुसी लागेको बताईन ।

कार्यक्रममा कैलाली ५ का संघीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख उपप्रमुख सहितको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन पछि मन्त्री देउवाले वडाध्यक्ष खडकाको मोबाईल मागेर उनको कुसीमा बसेको तस्बिर खिचेकी थिईन । वडा कार्यालय ९७ लाखको लगानी र सँगै रहेको आधारभूत स्वास्थ्य केन्द् ७६लाखको लगानीमा निर्माण भएका थिए ।