Skip to main content

परराष्ट्रमन्त्री देउवाले भनिन, ‘ओलीजिले महिला प्रधानमन्त्री मेरा लागि भन्नुभएको होईन’

Submitted by editor on
शिवराज भट्ट
डाक्टर आरजु राणा देउवा

धनगढी : परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले महिला प्रधानमन्त्रीको कुरा ओलीले आफ्नै पार्टीका नेताका लागि बोलेको हुनुपर्ने बताएकी छिन । विहीबार धनगढी स्थित देउवा निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देउवाले यस्तो बताएकी हुन ।

‘महिला प्रधानमन्त्रीको कुरा ल्याई दिएकोमा ओली जिलाई धन्यवाद । यसले एउटा तरंग त ल्यायो तर उहाँले मलाई प्रधानमन्त्री बनाउने कुरा गर्नु भएको होईन, आफ्नै पार्टीको महिलाका लागि होला जस्तो लाग्छ’ देउवाले भनिन ।

उनले आफ्नो पार्टीभीत्रको हैसियत आफुलाई थाहा भएको पनि बताईन । ‘नेपाली काँग्रेस ‘डिस्सीप्लेन’ मा चल्ने पार्टी हो । बाहिरबाट हेर्दा एउटा देखिएला तर मलाई मेरो पार्टीभीत्रको हैसियत कत्तीको छ ? मलाई थाहा छ । प्रधानमन्त्री बन्न संसदीय दलको नेता पनि बन्नुपर्छ । त्यो राम्रो कल्पना हो । प्रधानमन्त्री ओलीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी उहाँले नेपाली समाजको एउटा राम्रो ‘इम्यानीजेशन’ भन्नुभएको छ’ देउवाले भनिन ।

उनले काँग्रेसको अबको प्रधानमन्त्री शेर बहादुर देउवा नै रहेको बताईन । ‘हाम्रो पार्टीबाट अबको प्रधानमन्त्री पार्टी सभापति शेर बहादुर देउवा नै हो । एमाले र काँग्रेसबीच सहमति नै भएको छ नी, दुुई वर्ष ओली जिले चलाउने त्यसपछि शेर बहादुर जी हुने भनेर’ परराष्ट्रमन्त्री राणाले भनिन ।

उनले आफ्नो भारत भ्रमणका क्रममा पश्चिमको महाकाली नदीमा दुुई वटा पक्की पुलको कुरा भएको पनि बताईन । ‘बैतडीको झुलाघाट र डेडेल्धुराको परसुराममा पक्की पुलका लागि मोदी जिलाई भनेको छु। उहाँले आफ्नो उत्तराखण्ड राज्यको सरकारसँग कुरा गर्छु भन्नुभएको छ’ देउवाले भनिन ।

उनले कैलालीको गेटामा उपकरणका लागि बजेटमा पुनरावलोकन हुने बताईन । ‘कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको पुर्वाधार बनिसकेको छ । डाक्टरहरुको टोली आएर बजेट कम भयो पनि भन्नुभएको छ । उपकरणहरुका लागि यसपालीको बजेटमा पुनरावलोकन गरिनुपर्छ, म त्यसमा प्रयास गर्नेछ’ु देउवाले भनिन ।

उनले देशमा संकट पर्दा एमाले र काँग्रेस मिलेको इतिहास रहेको बताईन । ‘देशमा जब जब संकट आउछ, तब तब काँग्रेस र एमाले मिलेर देशलाई अगाडी बढाउछन, चाहे त्यो जनआन्दोनका बेला होस, चाहे शान्ति प्रकृयाका बेला होस’ देउवाले भनिन । 

देउवा बुधबार धनगढी स्थित आफ्नो निवासमा गौरा विषर्जनका लागि धनगढी आएकी हुन । उनले बुधबार नै गौरीको पुजन गरि विसर्जन गरिसकेकी छन  । परराष्ट्रमन्त्री देउवा आजै संघीय राजधानी फर्किसकेकी छिन ।