Skip to main content

गेटामा मेडिकल विश्वविद्यालयलाई नेताहरुले दूरबिनबाट हेर्न थाले : पाण्डे

Submitted by editor on
सुदूरपश्चिमका नेतहरुलाई अलिकति पनि लाज छ भने यसै अधिवेशनबाट विधेयक पास गराउनुहोस, कम्तीमा पनि यसै वर्ष ३ सय शैयाको अस्पताल घोषणा गराउनुहोस ।
ईबिगुल संवाददाता
लोकराज पाण्डे

धनगढी : सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले नेताहरुका कारण ढिलाई भईरहेको आरोप लगाएका छन । उनले यस क्षेत्रका नेताहरुले सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास गर्नमा सहयोग नगरेको, दबाब नदिएको र ३ सय शैयाको अस्पतालमा पनि ध्यान नदिएको आरोप लगाए । 

उनको भनाई जस्ताको तस्तै :
सरकारले ६ प्रदेशमा मेडिकल कलेजहरुको सिट बाँटफाँड गरिसकेकाले सुदूरपश्चिमको मेडिकल शिक्षाको सपना यो वर्षका लागि समाप्त भएको छ । गेटामा ७७ विघा जग्गामा ७ अर्वको लगानीमा मेडिकल विश्वविद्यालयको भवनहरु बनिसकेका छन । ५६ वटा भवनहरु बनिसक्दा पनि यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरुको कान खुलेको छैन । 

सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिमा दफावार छलफलकै क्रममा रोकिएको छ । त्यो विधेयक पास नभएका कारण यसपाली पनि एमविविएसको पढाई सुरु हुन सकेन । 
यसको कारण सुदूरपश्चिमबाट पाँच÷पाँच पटक प्रधानमन्त्री भएका, पटक पटक सरकारमा गएकाहरुले सुदूरपश्चिमलाई दूरबीनबाट हेरे ।

देशभरीमा २५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेज बनिसक्दा पनि सुदूरपश्चिममा नबन्नु कसको गल्ती हो ? म त भन्छुयस क्षेत्रका नेताहरुको गल्ती हो । एमविविएसको पढाईका लागि ३ सय शैयाको अस्पताल तीन वर्ष चलेको हुनुपर्छ तर सरकारले त्यहाँ सय शैयाको अस्पताल खोलेको छ । त्यो पनि लथालिंग अवस्थामा छ । 

सुदूरपश्चिमका नेतहरुलाई अलिकति पनि लाज छ भने यसै अधिवेशनबाट विधेयक पास गराउनुहोस, कम्तीमा पनि यसै वर्ष ३ सय शैयाको अस्पताल  घोषणा गराउनुहोस । नेताहरुको अर्कमण्यताको कारणले गेटा रोकिएको छ, त्यसमा नेताहरुको ध्यान जाओस ।