Skip to main content

जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीको मायामेट्रो हस्पिटलद्वारा दीप प्रज्वलन

Submitted by editor on
ईबिगुल संवाददाता

धनगढी : जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीमा रहेको माया मेट्रो हस्पिटल परिसरमा  दीप प्रज्वलन कार्यक्रम गरिएको छ। बुधबार अस्पतालका कर्मचारी, डाक्टर, नर्स र प्रशासनिक प्रतिनिधि उपस्थितमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा शान्ति र सद्भावको संदेश प्रवाह गरिएको थियो। उपस्थितहरूले शोकसहित सहिदहरूको योगदानको सम्मान गर्दै उनीहरूको सम्झना गर्न दीप प्रज्वलन गरे।

असोज १ गते आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले सहिद परिवारप्रति संवेदना व्यक्त गर्दै राष्ट्र र समाजको एकताको आवश्यकता औंल्याए। सरकारले पनि आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक बिदा दिएको थियो। हालसम्म जेनजी आन्दोलनमा ७४ जनाको निधन भइसकेको छ। दीप प्रज्वलन कार्यक्रम मार्फत सहिदहरूको बलिदान स्मरण गर्दै शान्तिपूर्ण समाधान र सहकार्यको महत्वलाई पुनः प्रत्याभूत गराइएको छ।