धनगढी : कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ । गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
उनका अनुसार मानसिक स्वास्थमा समस्या रहेका मल्ललाई चार महिना अघि सुधार गृहमा राखिएको थियो । औषध खाएर साँझ ७ बजे निदाएका उनले मंगबालबार राति १० बजेतिर पेट दुःख्यो भनेको बुझिएको चन्दले बताए । केहीबेरमा निदाएका भनिएका उनी राति दुई बजेतिर शौचालय गएका थिए ।
शौचालयबाट धेरै बेरसम्म नआएका उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल लगिएको थियोे । साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियोे । मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो । उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ ।