Skip to main content

धनगढीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा चालक घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
acc

धनगढी  ः धनगढीमा अनटेष्ट ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा चालक घाइते भएका छन् । मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित बोराडाँडीमा अनटेष्ट ट्याक्टरसँग सुपप्र ०१००१० प ९६७६ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय नवीन चौधरी घाइते भएका छन् । उनको बाया हात र निधारमा चोट लागेको छ । चौधरीको माय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।