Skip to main content

कक्षा १२ को पूरक परीक्षा असोज ७–८ गते सञ्चालन, परीक्षा तालिका संशोधन

Submitted by editor on
ईबिगुल संवाददाता
bord

धनगढी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा तालिका सार्वजनिक गरिएको थियो, तर देशको वर्तमान अवस्थाका कारण तालिका संशोधन गरी नयाँ मिति सार्वजनिक गरिएको हो।

असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछ। एक विषय मात्र परीक्षा दिने परीक्षार्थीले अनिवार्य अङ्ग्रेजीमा सहभागी हुनेछन् भने दुई विषय परीक्षा दिने विद्यार्थीले अनिवार्य अङ्ग्रेजीसँगै अनिवार्य नेपाली (००२१) विषयमा पनि पूरक परीक्षा दिनेछन्।

असोज ८ गते दुई विषय परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। त्यस्तै, सो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा पनि सञ्चालन हुने बोर्डले जनाएको छ।

परीक्षा केन्द्रहरू भने बोर्डले पहिले नै निर्धारण गरिसकेको छ। परीक्षा व्यवस्थापन र समयतालिका सम्बन्धी थप जानकारी बोर्डको आधिकारिक सूचना माध्यममार्फत उपलब्ध हुनेछ।