Skip to main content

विस्तारै तंग्रीन थाल्यो जलेको सुदूरपश्चिम प्रदेश

Submitted by editor on
क्षतिग्रस्त संरचनाको मुख्यमन्त्रीद्वारा निरीक्षण
शिवराज भट्ट
mc

धनगढी : जेन–जी युवा पुस्ताको आन्दोलनकाखक्रममा संघीय राजधानी पछि बढी क्षति ब्यहोरेको सुदूरपश्चिम प्रदेश तंग्रीन थालेको छ । संघीय राजधानीपछि प्रदेशहरुमा सुदूरपश्चिममा सबैभन्दा बढी क्षति भएको थियो ।

पुर्वाधारमा क्षति भएका सरकारी कार्यालयहरु पालमुनी सेवा दिन थालेका छन भने डाटाहरुमा नोक्सानी नभएका सरकारी कार्यालयहरु पनि सेवा दिन थालेका छन । ‘जिल्ला अदालतले सोमबार देखि नै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनवाई सुरु गरिसकेको छ’अदालतकाश्रेस्तेदार चेतराज पन्तले भने ।
उनले थुनुवाकाहकमा पक्रउपूर्जी दिने कामपनि सुचारु गरिसकेको बताए । ‘थुनुवाको पक्राउ पुर्जी दिने कार्य सुरु भईसकेको छ । हामीले सर्वोच्चको निर्देशनका आधारमा अरु मुद्धाका सबै कार्यहरु स्थगित गरेका छौं । कसैको पनि म्याद, हदम्याद नगुर्जिने गरी अहिले स्थगित गरिएको छ । पछि सूचना प्रकाशित गरेको एक महिनाको समय दिईने छ’ पन्तले भने ।

सेवाग्राहीको बढी भीडभाड हुने जिल्ला मालपोत कार्यालय र नापी कार्यालयको काम पनि विहीबार देखि सुरु गर्ने तयारी गरिएको छ । अहिले दुबै कार्यायमा धमाधम सरसफाई गरेर अजगनी भएको भवनमा रंगरोगनको काम भईरहेको छ । 
‘नक्सा प्रीन्ट र फिल्डबुक उतार जस्ता कामहरु विहीबार देखि सुरु गर्ने तयारीमा छौ । कार्यालयमा क्षति भएपनि नक्सा र अरु डाटाहरु जोगिएका छन’ प्रमुख नापी अधिकृत जनकराज भट्टले भने । उनले मालपोत सञ्चालन भएपछि नापीका सबै कामहरु सञ्चालन हुने उनले बताए ।
मालपोत कार्यालयमा पनि पुर्वाधारमा क्षति भएपनि, अरु श्रेस्ताहरु अनलाईन सिस्टम भएकाले काममा बाधा नपुग्ने बताईएको छ । ‘मालपोतको सबै डाटाहरु सुरक्षित छन । कम्प्युटरहरु नभएकाले समस्या भएको छ । छिट्टै नागरिकको काम सुरु हुनेछ’ मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले भने ।  मालपोत कार्यालयमा धमाधम रंगरोगनको काम भईरहेको छ ।

जेन–जीयुवा पुस्ताको आन्दोलनका क्रममा सुदूरपश्चिमका २३३ सरकारी तथा नीजि भौतिक संरचनामा क्षति भएको थियो भने साढ ६ सय सवारी साधनमा आगजनी भएको थियो ।  जेन–जी आन्दोलनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित ७ वटै मन्त्रालयमा अगजनी गरेको थियो । तीमध्ये सबैभन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रदेश सभामा भएको छ । ‘प्रदेश सभामा ठूलो क्षति भएको छ । प्रदेश सभाहल, दलका कार्यालहरु, संसदीय समितिका कार्यालयहरु जलाईएका छन । प्रदेश सभा बस्न कुनै टुंगो छैन’ सभामुख भीमबहादुर भण्डारीले भने । 
सामाजिक विकास मन्त्रालय, भूमी ब्यवस्था तथा कृषि मन्त्रालय र आन्तरिक मामिल मन्त्रालयले भने आफ्नो सेवा सुचारु गर्ने जनाएका छन । ‘हाम्रो मन्त्रालयका सवारी साधनहरुमा बढी क्षति भएको छ । ढोका फुटाएर केही कम्प्युटरहरु चोरी भएका छन । तर हामीहरुले नियमीत कामहरु सुरु गरिसकेका छौं’ सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले भने ।

प्रदेशको शिक्षा, स्वास्थ्य, खेलकुद, महिला तथा बालवालिका सहितका धेरै विषयगत कार्यालयहरुको डाटा सामाजिक विकास मन्त्रालयमाहुने गर्छ । जिल्ला प्रशासन, मालपोत, नापी, आन्तरिक राजश्व, यातायात, बन र सेवाग्राहीको धेरै भीडभाड हुने कार्यालयहरु पनि जलेका छन । जिल्ला प्रशासन कार्यालयले राष्टिय परिचयपत्रको सबै डाटा नष्ट भएको, राहदानीको सबै सिस्टममा क्षति पुगेकाले यीदुई कामहरु सुचारु हुनभने समय लाग्ने जनाएको छ । 


‘राष्टिय परिचय पत्रको सबै सिस्टम जलेको छ । २ लाख जनाका तयारी अवस्थामा आएका परिचय पत्र जलेका छन । अहिले राष्टिय परिचय पत्र र राहदानीको काम बाहेकका कामहरु सुचारु गरिसकेका छौं’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने । उनले ईलाका प्रशासन कार्यालयहरुबाट पनि सेवा दिईने भएकाले त्यहाँ कम क्षति भएकाले सेवाग्राहीले उतै जानपनि अनुरोध गरे । 

जेन–जीकायुवाहरु सरसफाईमा
जेन–जी उमेर समुहका युवाहरुले धनगढीका अधिकांस सरकारी कार्यालयको सरसफाई गरेका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमामात्रै सैयौंको संख्यामा जेन–जीकायुवाहरु सरसफाईमा जुटेका हुन ।


 

क्षतिग्रस्त संरचनाको मुख्यमन्त्रीद्धारा  निरीक्षण
जेन–जीआन्दोलनको सात दिनपछि सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले पनि क्षति ग्रस्त प्रदेशका मन्त्रालय र सरकारी कार्यालयहरुको निरीक्षण गरेका छन । प्रदेश मन्त्रालय र संघीय सरकार तथा प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालयहरुको निरीक्षण गरेका हुन ।
उनले आरजु देउवाको धनगगढीस्थित निवासको पनि निरिक्षण गरेका छन । अरु नेताहरुको जलाईएको संरचनाको निरीक्षण नगरेका उनले आफ्नो पार्टी नेताको मात्रै जलेको निवासको निरीक्षण गरेको भन्दै उनको आलोचना समेत गरिएको छ ।