Skip to main content

राष्ट्रिय सभामा चन्द र भट्टको गर्जन, ‘सरकारले नेपालमा सुदूरपश्चिम पनि छ भनेर विर्सियो’

Submitted by editor on
ईबिगुल संवाददाता
नारायण दत्त भट्ट र रेणु चन्द

धनगढी : राष्ट्रिय सभा सांसद नारायण दत्त भट्ट र रेणु चन्दले सरकार नेपालका सुदूरपश्चिम पनि छ भनेर विर्सिएको बताएका छन । बुधबारको संसदमा बोल्दै नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सांसद रेणु चन्दले राष्ट्रिय सभाले पारित गरेर पठाएको सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक प्रतिनिधि सभामा छलफलकै लागि पनि नपुगेको भन्दै आक्रोस ब्यक्त गरिन ।

‘गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाएको तर अहिलेको सरकारले पुरै व्यवस्था गरेको छ ।  सरकारले एमबीबीएसको कोटा बाँडेको छ तर सुदूरपश्चिमलाई बिर्सिएको छ, किन ? विधेयक निर्णय प्रक्रियामा छ, किन ढिलाइ भइरहेको छ ? सभाका अध्यक्ष मार्फत म सरकारको ध्यानाकर्षण चाहन्छु’ सांसद चन्दले भनिन ।

उनले नेपालमा सुदूरपश्चिम प्रदेश पनि छ है भनेर सरकार विर्सिका आरोप लगाईन । ‘नेपालमा सुदूरपश्चिम पनि पर्छ भनेर के सरकार विर्सेको हो?’ राष्ट्रिय सभामा उनले प्रश्न गरिन । उनले अरू प्रदेशका लागि डाक्टर पठन कोटा छुट्टयाए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेपेको आरोप लगाईन ।

सुदूरपश्चिमकै अर्का सांसद नारायण दत्त भट्टले पनि राष्ट्रिय सभाले एक वर्ष अघि पास गरेको विश्वविद्यालय विधेयक प्रतिनिधि सभाको शिक्षा समितिमा गएर थन्किनुविडम्बना भएको बताए । ‘मेडिकल विश्वविद्यालय सुदूरपश्चिमका जनताले लडेर प्राप्त गरेको सम्पत्ती हो । अहिले स्वास्थ्य उपचार नपाएर प्रदेशबासी भारतको लखनउ, बरेली, खटीमा जान बाध्य छन’ भट्टले भने ।

उनले मेडिकल शिक्षाको पढाई र स्वास्थ्योपचारका लागि सुदूरपश्चिममा यसै वर्ष सुरुवात गरिनुपर्ने माग गरे ।