Skip to main content

मुख्यमन्त्री शाहको पत्रकार सम्मेलन, ‘बजेट भदौ ३१ मा आउछ’

Submitted by editor on
मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए ।
ईबिगुल संवाददाता
कमल बहादुर शा

धनगढी :  सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन ।

मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए । उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ’ उनले भने ।

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै मुख्यमन्त्री शाहले ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने उनको दाबी छ ।

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको पनि मुख्यमन्त्री शाहले दोहा¥याएका छन । 

तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकार अर्को बजेट निर्माणमा जुटेको हो । निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेश गरेको थियो । तर पास हुन सकेको थिएन् । चालु आर्थिक वर्ष सुरु भएको २ महिना सम्म पनि बजेट आउन नसकेको भन्दै प्रदेश सरकारको आलोचना हुन लागेका बेला पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले भदौको ३१ गते बेट आउने र २÷३ दिनमा छलफल सकेर पास हुने दाबी गरे ।

सुदूरपश्चिमको बजेट समयमा नआउँदा प्रदेश सरकारका योजनाहरु ठप्प भएका छन भने प्रदेश सरकार मातहतका कर्मचारीले तलब समेत पाउन सकेका छैनन् ।