Skip to main content

ठुला दलहरुले सरकार बनाएपछि जनतामा आत्मविश्वास बढेको एमाले उप–महासचिव ज्ञवालीको दाबी

Submitted by editor on
गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको नेता ज्ञवालीको भनाई थियो । विश्व विद्यालयको विधेयक संसदमा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे ।
ईबिगुल संवाददाता
प्रदीप ज्ञवाली

धनगढी  ः नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले र नेपाली काँग्रेस दुई ठुला दल मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन । नेकपा एमाले केन्द्रीय स्कुल विभागले आइतबार धनगढीमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘दुई ठुला दलबिचको गठबन्धनमा सरकार बनेपछि सत्ताबाट बाहिरिएका नेकापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्तालिँदै गएको उनको भनाई थियो । पछिल्लो पटक माओवादी पार्टीको आरोलो यात्रा शुरु भएको आरोप लगाउँदै उनले आगामी निर्वाचनमा माओवादीलाई कसैले बैशाखी नदिए समाप्त भएर जाने दाबी गरे ।

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टीशक्ति एक ढिक्का भएर संगठन निर्माणमा जुटेको बताए । उपमहासचिव ज्ञवालीले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशिल बन्न आग्रह गरे । उनलाई आफूले दशौ महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताए । 

गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको नेता ज्ञवालीको भनाई थियो । विश्व विद्यालयको विधेयक संसदमा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे । केन्द्रीय स्कुल विभागद्धारा आइतबार धनगढीमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ६४ जना सहभागीछन । 

जिल्ला कमिटीका पदाधिकारी र सदस्य, नगर, गाउँ कमिटी तथा लेखा आयोगका पदाधिकारीहरुलाई पार्टीको नीति, सिद्धान्त र बिचारमा पुनःताजगी गराउन प्रशिक्षण थालिएको हो ।  नेकपा (एमाले) स्कुल विभागको आयोजनामा प्रशिक्षण सुरु भएको र यसले कार्यकर्ताहरुमा बैचारिक र नीतिगत एकरुपता आउने विश्वास गरिएको स्कुल विभागका सुदूरपश्चिम संयोजक तथा पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले बताए । सोमबार देखि कञ्चनपुरमा पनि तीन दिने प्रशिक्षण सुरु हुनेछ । 

पहिलो दिन पार्टीका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली र घनश्याम कोइरालाले प्रशिक्षण दिए । कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थिति थियो । ज्ञवालीले महाधिवेशनबाट पारित कार्यक्रम, जवजको विकासक्रम, नीति र कार्यदिशा बारे प्रशिक्षण दिए ।  

जिल्ला अधिवेशन पश्चात पहिलो पटक प्रशिक्षक÷प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र असोज १ गतेसम्म चल्ने जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले जानकारी दिए ।