काठमाडौं : देशभर मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ ।
आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ । बागमती, गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका केही ठाउँमा भने राती पनि भारी वर्षा हुनेछ ।
आइतबार पनि देशभर मनसुसनी वायु सक्रिय रहने भएकोले देशभर नै पानी पर्ने बताइएको छ । आइतबार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरी आउने उल्लेख छ ।
आइतबार राती भने कोशी, बागमती र गण्डकी प्रदेशका एक– दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित सामान्य पानी पर्ने र अन्यत्र पानी पर्न कम हुने जनाइएको छ ।
सोमबार पनि सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर भइरहेको भारी वर्षाका कारणले आउने सक्ने जोखिमबाट जोगिन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।