Skip to main content

समाजवादी मोर्चाको औचित्य छैन ः एमाले सचिव भट्ट

Submitted by editor on
ईबिगुल संवाददाता
लेखराज भट्ट

सुर्खेत ः नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले समाजवादी मोर्चाको कुनै औचित्य नरहेको बताएका छन्। मंगलबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले यो मोर्चाले कुनै नयाँ चिज दिन नसक्ने बताउँदै यस्तो बताएका हुन्। 


उनले सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताए। उनले भने, बजेट अर्थनीतिलाई माथि उकास्ने खालको छैन। बजेटमा अर्थतन्त्रमा देखिएका समस्याहरू सुधारका कार्यक्रमहरू देखिएको छैन। बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ। कर नीतिमा पनि ठीक नभएकाले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ। 


यस्तै नेकपा एमालेले पाटीको प्रदेश अधिवेशन आगामी भदौमा गर्ने निर्णय पनि गरेको छ। दुई दिन अगाडि बसेको प्रदेश कमिटीको बैठकले आगामी भदौ २९ र ३० गर्ने  निर्णय गरेको हो।