Skip to main content

संघीय सरकारप्रति मुख्यमन्त्री शाहको आक्रोस, ‘प्रहरी समायोजन नगर्ने हो भने विकल्प दिनुहोस’

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारले ऐनहरु समयमा नबनाएका कारण प्रदेश सरकारले धेरै कुरा अडाडि बढाउन नसकेको बताएका छन । ६९ औं प्रहरी दिवशका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

‘देश संघीयतामा गएपनि अहिलेसम्म प्रदेशले पाउने अधिकार पाएको छैन । प्रदेशले पाउने अधिकार नपाएकै कारण प्रदेश सरकारले धेरै कामहरु अगाडी बनाउन सकेको छैन । त्यसैभीत्र प्रहरी समायोजन पनि पर्छ ’ मुख्यमन्त्री शाहले भने ।

उनले प्रहरी समायोजन सहितका अधिकारहरु प्रदेशमा नदिने हो भने त्यसको विकल्प पनि सोच्नुपर्ने बेला आएको बताए । ‘प्रहरी समायोजन हुन्छ वा हुदैन ? यसको जवाफ संघीय सरकारले दिनुपर्छ । संघीय नेतृत्वले दिनुपर्छ । समयमा संघीय सरकारले समायोजन प्रकृया अगाडि बढाउन पर्दछ, हैन भने त्यसको विकल्पका रुपमा के गर्न सकिन्छ ? संघीय सरकारले सोच्न जरुरी छ’ मुख्यमन्त्री शाहले भने ।

उनले संघीय सरकारले योजनाहरुको सिलान्यास, उद्घाटन गरेर मात्रै होईन, प्रदेश सरकरलाई अधिकार सम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ लाग्न सुझाव दिए । प्रहरी बरिष्ठ उपरिक्षक श्यामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका प्रमुख सचिव डाक्टर कमल पोख्रेल विशिष्ठ अथिति रहेका थिए । 

प्रहरी दिवशमा विभिन्न गण गुल्म, प्रहरी विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए । प्रहरी दिवशका दिवशकै अवसर पारेर डिएसपी गंग बहादुर थापा, प्रहरी निरिक्षक गंग बहादुर सारु, प्रहरी सहायक निरिक्षक दयाद बहादुर साउद र गंग बहादुर थापा, प्रहरी बरिष्ठ हवल्दार सुरेन्द्र बहादुर चन्द, राजेन्द्र विष्ट, देबराज कामी, नरेन्द्र बहादुर बम, प्रहरी जवानहरु हेमराज विष्ट र सुस्मीता कुमारी रोकायालाई उत्कृष्ठ प्रहरी पुरस्कार प्रदान गरिएको थियो ।