Skip to main content

पोलमा गुजुल्टिएका तारहरु नहटाए कारवाही गर्ने धनगढी उपमहानगरको चेतावनी

Submitted by editor on
गजुल्टो बनाएर राखिएका तारहरुले नगरको सौन्दर्यमा हस हुने, आगलागी हुनसक्ने सम्भावना भएकाले कार्तिक महिनाभीत्रै हटाउन अनुरोध
ईबिगुल संवाददाता
 कारवाही गर्ने चेतावन

धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभीत्रका पोलहरुमा गुजुल्टो बनाएर राखिएका तारहरु नहटाए कारवाही गर्ने चेतावनी दिएको छ । उपहानगरले सार्वजनिक सूचना जारी गर्दै उपमहानगर क्षेत्रभीत्रका ईन्टरनेट र केबल सेवा प्रदायकहरुलाई यस्तो चेतावनी दिएको हो ।

‘यसरी गजुल्टो बनाएर राखिएका तारहरुले नगरको सौन्दर्यमा हस हुने, आगलागी हुनसक्ने सम्भावना भएकाले कार्तिक महिनाभीत्रै सबै हटाउन अनुरोध गर्दछौं’ उपमहानरले जारी गरेको सूचनामा भनिएको छ । उमहानरपालिकाले कार्तिकको ३० गतेसम्मको समय सीमाभीत्र गुजुुल्टीएका तारहरु हटाउने समय सीमा तोकेको छ । ‘उक्त अवधीभीत्र तारहरु ब्यवस्थापन नगरेमा तारहरु काटिने कार्य प्रारम्भ गर्ने र नहटाउने ईन्टरनेट र केबुल सेवा प्रदायकलाई ५ हजार जरिवाना पनि गरिने छ’ जारी सूचनामा भनिएको छ । 

२०८० सालको चैत ४ गते उपमहानर र ईन्टरनेट तथा केबुल नेटवर्क सेवा प्रदायकबीच बजारभीत्रका पोलहरुमा अब्यवस्थित तरिकाले राखिएका तारहरु हटाउने सहमति भएको थियो । तर अहिलेसम्म पनि बजारका अधिकांस पोलहरुमा तारको गुजुल्टो यथावत छन ।