डोटीः डोटीमा पाखा माथिबाट ढुङ्गा खसेर लाग्दा एक बृद्धा घाईते भएकी छिन्।
डोटी सायल गाउँपालिका–६ बिरेकाँडा बस्ने ८० वर्षीया कमली ऐर आफ्नै घरको आगनमा बसेको अवस्थामा घरको पाखा माथिबाट शनिवार साँझ ढुङ्गा खसेर छातिमा लाग्दा घाईते भएकी हुन्। उनलाई उपचारको लागी राति १२ः५ बजेको समयमा डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।