धनगढी: सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करो ८४ लाख बढी आम्दानी भएको छ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ६ महिनामा वन क्षेत्रबाट मात्र ६ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेको हो। चालु आर्थिक वर्षको ६ महिनामा सामुदायिक वनबाट २ लाख ७० हजार चार सय ८४ घनफुट काठ निकासी गरेको छ। निजी वनबाट ९८ हजार सात सय ७१ घनफुट र सरकारी व्यवस्थित वनबाट २१ लाख सात सय ७७ घनफुट काठ गरेर तीन लाख ९१ हजार ३३ घनफुट काठ निकासी गरिएको छ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आठ लाख १३ हजार पाँच सय ७५ किलोग्राम जडीबुटी निकासी गरेको छ। विभिन्न प्रजातिका जडीबुटीहरू निकासी गरिएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षका ६ महिनामा पाँच लाख २५ हजार सात सय ५४ किलोग्राम खोटो निकासी गरेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ राजस्व सङ्कलन गरेकोमा ६ महिनासम्म तीन करोड २२ लाख ७१ हजार आठ सय ९६ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ।