Skip to main content

बैतडीमा जीप दुर्घटना, १२ जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडीमा जीप दुर्घटना

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाकोे दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो । गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताए ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका–११ ग्वालेकका ५० वर्षीया हरिना जोशी, दशरथचन्द नगरपालिका–६ का २१ वर्षीय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षीय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीय हिरा भट्ट, पुर्चाैँडी नगरपालिका–५ का १७ वर्षीय रिकेश पार्की रहेका छन् । 

यस्तै पुर्चाैडी नगरपालिका–५ का २८ वर्षीय दिनेश पार्की (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका–४ का २३ वर्षीय जनक भट्ट, पाटन नगरपालिका–९ का १८ वर्षीय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका–९ का २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका–३ का ४२ वर्षीय डम्मर दत्त भट्ट घाइते भएको बडूले बताए ।
जीपमा चालक सहित जम्मा १३ जना सवार थिए । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताए ।