धनगढी: कैलालीमा ७ महिना भित्र नै ८८१ महिलाहरू २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।
जिल्लाको १३ वटा स्थानीय तहहरूका आठ सय ८१ महिलाले २० वर्ष नपुग्दै सुत्केरी भएका हुन।
धनगढी उपमहानगरपालिकामा मात्र तीन सय ४९ महिला २० वर्ष नहुँदै ७ महिनाको अवधिमा सुत्केरी भएका छन्। सेती प्रादेशिक अस्पतालमा मात्र तीन सय पाँच महिला २० वर्ष मुनीका ७ महिनाको अवधीमा सुत्केरी भएका छन। कैलालीको मोहन्याल गाउँपालिकामा ३५, चुरे गाउँपालिकामा २९, गोदावरी नगरपालिकामा ३२, गौरीगंगा र घोडाघोडी नगरपालिकामा ८३/८३, बर्दगोरिया गाउँपालिकामा २५, लमकीचुहा नगरपालिकामा १७, जानकी गाउँपालिकामा १५, जोशीपुर गायँपालिकामा २१, टीकापुर नगरपालिकामा ९५ र कैलारी गाउँपालिकामा ३८ महिलाहरू सात महिनाको अवधिमा २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।
स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्कले ३५ महिला घरमा सुत्केरी भएका देखाएको छ। धनगढीमा मात्र पाँच महिला घरमा सुत्केरी भएका छन। चुरे गाउँपालिकामा १४, मोहन्याल गाउँपालिकामा ६, गोदावरी नगरपालिकामा २, गौरीगंगा र घोडाघोडी नगरपालिकामा तीन/तीन र लम्कीचुहा नगरपालिकामा २ महिला घरमा सुत्केरी भएका छन्।
