धनगढी : कैलालीको धनगढीमा रहेको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार मृत फेला पर्नेमा धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन् ।डीएसपी बोहराका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।