Skip to main content

गुणस्तरहीन सडक निर्माण गरेको भन्दै धनगढीमा विरोध

Submitted by editor on
ईबिगुल संवाददाता
 गुणस्तरहीन सडक

धनगढी : कैलालीको धनगढीमा गुणस्तरहीन सडक निर्माण गरेको भन्दै विरोध भएको छ ।

धनगढी उपमहानगरपालिका–४ घरेलु चोकदेखि तीन सय मिटर क्षेत्रको सडक कालोपत्रमा गुणस्तरीय काम नगरेको भन्दै स्थानीयले सामाजिक सञ्जालहरूमा विरोध गरेका हुन ।

स्थानीयले सामाजिक सञ्जालहरू मार्फत निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै विरोध गरेका छन् । उनीहरूले कालोपत्र स्तरीय नभएको, सडकमा पानी जम्मा भएको लगायतको आरोप लागाएका छन् । तर, धनगढी उपमहानगरपालिकाले भने, प्रयोगशाला परीक्षण प्रतिवेदन राम्रो आएको दाबी गरेको छ। धनगढी उपमहानगरपालिकाका इन्जिनियर रोशन खड्काले समयमा परीक्षण गरेको बताए । उनले भने, ‘सामाजिक सञ्जालहरूमा विरोध आएको छ। गुनासोहरू आएका छन् । तर, समयमा परीक्षण गरेका छौ । प्रतिवेदन राम्रो छ । काम सकिएको छैन । निर्माणको काम जारी हरेको छ । काम पूरा भएपनि पानी जम्मा हुँदैन । कालोपत्र पनि राम्रो देखिने हो ।’

धनगढी उपमहानगरपालिकाले घरेलु चोकदेखि उत्तर तीन सय मिटर क्षेत्रको सडक निर्माण कम्पनी मार्फत कालोपत्र गर्दै छ । धनगढी उपमहानगरपालिकाको ७९ लाखको बजेटमा सडक कालोपत्रको लागि ठेक्का सम्झौता गरेको हो । सडक निर्माणको जिम्मा पाएको यूनिटी कन्स्ट्रक्सन एण्ड बिल्ड्रस प्रालिले २०८२ जेठ अन्तिमसम्म सडक कालोपत्रको काम पूरा गर्नुपर्ने छ । हाल निर्माण कम्पनीले सडक कालोपत्रको काम गर्दै छ । निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीले विरोध गरेका छन् । तर, सञ्चालक भोजराज रेग्मीले प्रयोगशाला प्रतिवेदनहरू राम्रो आएको बताएका छन् । उनले भने, ‘जेठसम्म म्याद रहेको छ । हामीले सबै सामाग्रीको परीक्षण गरेका हौ । सबै राम्रो थियो । उपमहानगरपालिकाले फेरि परीक्षण गर्ने छ । हालसम्म प्रयोगशाला प्रतिवेदन राम्रो छ । उपमहानगरपालिकाको इस्टिमेट अनुसार काम गरेका छौ ।’

सडक कालोपत्र गर्दा गुणस्तरीय नगरेको र सडकमा पानी जमेको भन्दै स्थानीयले विरोध गरेका हुन । तर, गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुसारको कालोपत्र गरिएको दाबी गरेको छ । धनगढी उपमहानगरपालिकाको गुणस्तर परीक्षणमा कमसल निर्माण सामाग्री प्रयोग नभएको पाइएको दाबी गरिएको हो । निर्माण कम्पनीले निर्माण सामाग्रीको बागेश्वरी सिभिल ल्यावबाट परीक्षण गरेर सडक निर्माणमा प्रयोग गरेको छ । निर्माण कम्पनीले २०८१ मङ्सिर २२ गतेको प्रयोगशाला परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिका–४ घरेलु चोकदेखि उत्तरबेहडी चोकसम्मको सडक कालोपत्रको योजना हा । तर, स्थानीयले नाली निर्माण गर्न नदिएकाले ८० मिटर क्षेत्रमा काम भएको छैन  स्थानीयले नाली बिनाको सडक निर्माणको माग गर्दै मुद्दा दर्ता गरेका हुन् । स्थानीयका विरोधका कारण सो क्षेत्रमा सडक निर्माणको काम रोकिएको छ । तर, तीन सय मिटर क्षेत्रको सडक कालोपत्रको काम जारी रहेको छ । आगामी २ हप्तामा सडक कालोपत्रको काम पूरा गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ ।