धनगढीः कैलालीको धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहनगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहनगरपालिका–४ मल्ल पेट्रोलपम्प नजिक, धनगढी उपमहनगरपालिका–१९ लल्लीपुर घाट र भजनी नगरपालिका–३ मोहनपुर र भजनी नगरपालिका–६ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ३९ हजार १७० मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।
भन्सार छलीका प्याज, चिनी, मिश्री, पेय पदार्थ, मिठाई, मटर, बिडी, सुर्ती, पानीपुरी, प्लाष्टिक झिल्ली, सिद्रा माछा, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।