Skip to main content

कैलालीको टीकापुर विमानस्थलमा तारा एअरले प्रत्येक सोमवार मात्र उडन भर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
तारा ऐअर

धनगढीः कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवार उडान भर्ने भएको छ।

साताको तीन दिन विमानस्थलमा उडान भर्ने बताएको ताराले एक दिन मात्र भर्ने भएको हो।

तारा एअरले टीकापुर नगरपालिकालाई मिति २०८१ फागुन १९ गते एक पत्र पठाउदै सोमवार हप्ताको एक दिन मात्र उडान भर्ने उल्लेख गरेको छ। नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखी जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट सङ्ख्या घटाएको बताएको छ।

पत्रमा उल्लेख भए अनुसार यो कुरा तारा एअरले २०८१ फागुन २६ गतेदेखि लागु गर्नेछ। पत्रमा नेपालगञ्ज–टीकापुर–नेपालगञ्ज मात्रै उडान सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका लागि नगरपालिकालाई अनुरोध गरिएको छ।

तारा एअरले २०८१ मंसिर ३० गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो। त्यसअघि २०८१ कात्तिक १२ गते नेपाल वायुसेवा निगमको जहाजले विमानस्थलमा परीक्षण उडान भरेको थियो।

टीकापुर नगरपालिकाले १५ सिटको ग्यारेन्टी गरेपछि तारा एअरले बन्द अवस्थामा रहेको विमानस्थलमा व्यावसायिक उडान सुरु गरेको थियो।