Skip to main content

राजावादीका उग्र प्रदर्शनकारीले तीनकुनेमा घर जलाए

Submitted by editor on
ईबिगुल संवाददाता
राजावादीको प्रदर्शन

काठमाडौं : राजावादीको प्रदर्शनका क्रममा तीनकुनेको एउटा घरमा आगो लागेको छ । आन्दोलनकारीले सो घरमा प्रहरी लुकेको भन्दै ढुंगामुढा गरेका थिए ।सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए ।