Skip to main content

४० डिग्री नाघ्यो धनगढीको तापक्रम

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी

धनगढी ; सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बिहीबार धनगढी तापक्रम ४० दशमल ०२ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो २ बजेर ५४५ मिनेटमा उक्त तापक्रम मापन गरिएको बताए ।गर्मी बढ्न थालेपछि धनगढीको जनजीवन प्रभावित भएको छ ।