Skip to main content

स्टेपिङ स्टोन जुनियर कपको उपाधी विद्याभूषणलाई

Submitted by editor on
ईबिगुल संवाददाता
 विद्याभूषण स्कुल

धनगढी : विद्याभूषण स्कुलले स्टेपिङ स्टोन जुनियर कपको उपाधि जितेको छ । फाइनलमा डिस्कोभरी स्कुललाई ३९ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन बनेको हो । विजेता विद्याभूषणले ट्रफीसहित ३० हजार नगद पुरस्कार पायो भने उपविजेता डिस्कोभरीले १५ हजार पायो । 


टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका नबिन शाहले ३० रन जोडे । डिस्कोभरीका अनुपराज गिरीले २ विकेट लिए । 


जवाफी ब्याटिङमा डिस्कोभरीले १४ ओभरमा  सबै विकेट गुमाएर ४४ रनमात्रै जोड्न सक्यो । प्रतियोगिताको प्लेयर अफ द सिरिज डिस्कोभरी स्कुलका गौरव खड्का चुनिए । यस्तै बेस्ट ब्याट्सम्यान सन्देश गिरी र बेष्ट बलर लोचन खनाल चुनिए । 


सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति पाए । उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति पाए । उदयीमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाए ।

धनगढी क्रिकेट एकेडेमी (डीसिए)को आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्टेपिङ स्टोन इंग्लिस स्कुल रहेको थियो ।