कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ बसपार्कबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने १६ र १७ वर्षीय दुई जना किशोरलाई प्रहरीले बुधवार पक्राउ गरेको हो। दुबै जनालाई ६ दशमलव ५९ ग्राम लागूऔषध ९खैरो हेरोइन०सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।