धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
भजनी नगरपालिका(३ कुसमघाटस्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ४ प ५४५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक जानकी गाउँपालिका ५ पथरैया बस्ने २२ वर्षीय रुपेश चौधरीसहित दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।
उनीहरुको साथबाट ७७० मिलिग्राम लागू औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित दुवै जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै घोडाघोडी नगरपालिका(१ कैलाली चोकबाट पैदल हिडीरहेको अबस्थामा सुन्दरपुर बस्ने २४ वर्षीय चन्दु विक पक्राउ परेका छन्। विकलाई २ ग्राम खैरो हेरोइनसहित बिहीवार इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।