Skip to main content

६ जना जुवाडे नगद र ताससहित कञ्चनपुरमा पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
जुवाडे

१७ साउन , कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर ६ जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ स्थित खैरभट्टी जाने बाटोको टहरामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा सोही ठाउँ १५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायतसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट २० हजार ९३५ रुपैयाँ नगद र २ गड्डी तास बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।