Skip to main content

सुदूरपश्मिमा प्रदेश सभा सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

Submitted by editor on
ईबिगुल संवाददाता
 विधेयक प्रमाणीकरण

धनगढी : सुदूरपश्चिम प्रदेशमा एउटा विधेयक प्रमाणीकरण गरिएको छ ।  बुधवार प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन् ।

२०७५ सालदेखि नै प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा थियो । असार १३ गते शुक्रवार बसेको छैटौँ अधिवेशनको १३ औँ बैठकले यसलाई संशोधन गरेको थियो ।

असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुख कार्यालय पुगेको थियो । आवश्यक अध्ययनपछि बुधवार प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुने छ र ऐनको रूपमा कार्यान्वयन हुनेछ ।