Skip to main content

धनगढीको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख काटन अनुमती

Submitted by editor on
ईबिगुल संवाददाता
फोहोरमैला

धनगढी : कैलालीको धनगढी उपमहानगरमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने स्थानका रुख कटानीको अनुमति प्राप्त भएको छ । संघीय मन्त्रीपरिषदले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को पटेलाको बन क्षेत्रका २२ हेक्टर क्षेत्रफलका २६०३ रुख कटानीको अनुमति दिएको हो । 

क्षेत्रीय सहरी विकास आयोजनाले पटेला वन क्षेत्रमा २०७९ पुस १४ गते एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थ प्रशोधन प्रणाली आयोजना निर्माणको ठेक्का गरेको थियो । तर, राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानीको आदेश नभएकाले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढन सकेको थिएन ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले जग्गा प्राप्ति भएकाले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम सुरु हुने बताए । क्षेत्रीय सहरी विकास आयोजनाले फोहरमैला ब्यवस्थापनका लागि ९६ करोड रकम विनियोजन गरेको थियो ।

क्षेत्रीय सहरी विकासले आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि २०७९ पुस १४ गते ठेक्का सम्झौता गरेको थियो ।