धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका उपमहानगरपालिका भीत्रका १९ वटा सडकहरुको निर्माण यसै आर्थिक वर्षबाट गर्ने भएको छ । यसअघि सघन सहरी सडक आयोजना अन्तर्गत अधिकांस सडकहरु ग्रामिण क्षेत्रमा निर्माण भएपछि नगर क्षेत्रका अधिकांस सडक कुरुप भएका थिए । भौतिक पुर्वाधार मन्त्रालयको बजेटमा पुर्वाधार विकास कार्यालय कैलालीले धनगढी भीत्रका १९ वटा सडकको ठेक्का सूचना प्रकाशित गरेको छ ।
धनगढी ४ रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरी–तुल्सीचोक – भगवती टोल सम्मको सडक, वडा न ३ वाणिज्य बैक–विशालनगर– जनता आधारभूत विद्यालय–विरेन्द्र चोक –रिङ्गरोड जोडने सडक, वडा न २ मेनरोड–रुवस होटल हुदै बैयावेहडी सडक, वडा न ३ को नेशनल मार्ग सडक र धनगढी २ पुरानो भन्सार रोड सडक एकै प्याकेजमा ठेक्का आह्वान भएको छ ।
यस्तै धनगढी ८ देखि १२ न वडा सम्मको धनगढी गाउँ–जुगेडा सडक, धनगढी ८ पुष्पलाल चोक–धनगढी गाउँ सम्मकोे सडक, धनगढी ७ कैलाली बहुमुखी क्यामपस–जाखोरताल सडक र धनगढी १ त्रिवेणी सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।
धनगढी ५ नैनादेवि–पुरानो हसनपुर सडक, धनगढी ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा–वोराडाँडी – फाप्ला रिङ्गरोड सडक, धनगढी १३ मैदामिल–कैलाली गाउँ प्रहरी पोष्ट –ढुंगेबजार सडक र धनगढी उपमहानगरपालिका वडा न १३ राजपुर चोक देखि पुर्व वडा कार्यालय जाने सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।
धनगढी ११ वहिरा स्कुल–दक्षिणकाली टोल सडक, धनगढी ४ गठवन्धन चोक –शिवपुरीधाम सडकलाई एउटा प्याकजेमा राखिएको छ ।
धनगढी ६ मल्लो मटयारी – ढुंगेवजार– उत्तर कृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जाने सडक, धनगढी ४ शहिदगेट– शिवपुरी– न्यूरोड सडक खण्डदेखि कैलालीचोक सम्मको सडक कालोपत्रेका लागि एउटा प्याकेज बनाईएको छ ।
धनगढी २ खप्तड वडीमालिका टोल सडक, र धनगढी २ कै नन्दलाल पन्तको घर देखि पुर्व भरत जोशीको घर सम्म पक्कीनाला सहित ढल निकासलाई एउटा प्याकेजमा राखेर पुर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेको छ ।
पुर्वाधार विकास कार्यालय कैलालीले १८ महिनाको अवधी तोकेर ठेक्का सम्झौता गरिने जनाएको छ । ‘हामीले ठेक्का सम्झौता भएको १४ महिना भीत्र सडक सक्ने गरी सम्झौता गर्छौ, २०८२ को असार सम्म सबै सडक कालोपत्रे भईसक्नेछन’ पुर्वाधार विकास कार्यालय कैलालीमा प्रमुख रामचन्द्र खत्रीले भने ।